काठमाडौं । आज बडा दशैँको सबैभन्दा मस्त र व्यस्त दिन । घरघरमा मार हान्ने, मासु काट्ने, पकाउने र खाने । गर्मी उम्किएर जाडोको मौसमले ढोका ढकढक्याउन थालेका बेला मनाइने यो पर्व हामी सबैको लागि एक जीवन्त उत्सव हो । दशैं मनाउनका लागि स्वदेश तथा विदेशबाट धेरै नेपाली घर फर्किएका छन्