काठमाडौं । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर उच्च हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१–८२ को प्रारम्भिक अनुमान अनुसार गण्डकी प्रदेशले सबै प्रदेशलाई पछि पार्दै सबैभन्दा धेरै आर्थिक वृद्धि गरेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार प्रकाशन गरेको चालु आवको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्वन्धीको विवरणले यस्तो देखाएको हो