काठमाडौं । अधिकांश हाइड्रोपावर कम्पनीहरु नोक्सानीमै रहेता पनि उनीहरुको आम्दानी भने वृद्धि भएको छ। ७ दर्जन बढी हाइड्रोपावर कम्पनीहरुले एकैवर्ष झन्डै ३४ अर्ब रुपैयाँ बराबरको विद्युत बेचेका छन् । गत आर्थिक वर्ष २०८०–८१ मा ८७ वटा कम्पनीहरुले कुल ३३ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका हुन्।