काठमाडौं । पछिल्लो समय नेपालले निर्यात गर्ने सिमेन्ट बढ्दो क्रममा नै छ । एक महिनामै साढे २३ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । भन्सार विभागले हालसालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले यस्तो देखाएको हो । साउनमा नेपालबाट २३ करोड ४९ लाख ८९ हजार