काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत आर्र्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत (कर प्रयोजन) नगद लाभांश वितरण गर्ने निर्णय