पाँचथर पावरद्धारा लाभांश घोषणा, शेयरधनीहरुलाई नगद मात्र - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

पाँचथर पावरद्धारा लाभांश घोषणा, शेयरधनीहरुलाई नगद मात्र



काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत आर्र्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत (कर प्रयोजन) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भए पश्चात कम्पनीको आगामि सधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्