काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो । यसअघि उनी सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा काम गरिरहेका थिए । गत असारदेखि मनोज न्यौपानेले कामु सीईओको जिम्मेवारी सम्हाली रहेका थिए