काठमाडौं । आजैबाट सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा मा निश्चलराज पाण्डेले कार्यभार सम्हालेका छन् । गएको पुसमा बसेको बैंक सञ्चालक समिति बैठकले पाण्डेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिसकेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको कार्यकाल हिजो मंगलबारदेखि सकिएपछि उनले अवकास लिएका हुन