२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय चिप्लेढुङ्गा पोखरामा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारको क्रममा चिप्लेढुङ्गा पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख, बाबुराम ढकाल र संस्थापक सेयरधनी नविन ढकालले संयुक्त रुपमा गरेका हुन् । समारोह मुक्तिनाथ विकास बैंकका चिप्लेढुङ्गा शाखा प्रमुख रामचन्द्र रानाभाटले संचालन गरेका थिए ।