काठमाडौं । मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्कुल अफ माथेमयाटिकल साइन्स (एसएमएस) ले नेपालमा दक्ष एक्चुरी उत्पादन गर्ने उद्देश्यसहित योग्यता आधारित एक्चुरियल छात्रवृत्ति कार्यक्रम सुरु गरेका छन्। बीमा तथा वित्तीय सेवा क्षेत्रमा एक्चुरियल विज्ञानको महत्व बढ्दै गए पनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालनमा ल्याइएको