काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल १६.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । चैत्र १ गते बसेको सञ्चालक समितिको बैठकले हाल चुक्ता पूँजीको १५.३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८० प्रतिशत नगद लाभांश गरी कुल १६.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको