काठमाडौं । विमानस्थलबाट ५० थान गोलीसहित झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित १ जना पक्राउ परेका हुन् । श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा झापा मेचीनगर–२ का बद्रीहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।