काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको यस अवधिको तुलनामा २२ प्रतिशतले बढि खुद नाफा आजर्न गरेको हो ।