काठमाडाैं । स्वदेशी तथा विदेशी ब्रान्डहरूको तीव्र प्रतिस्पर्धा र बजारको उतारचढावबीच नेपालको स्थापित लुब्रिकेन्ट उत्पादक कम्पनी पूर्वाञ्चल ल्युब आयल लिमिटेडले पछिल्ला वर्षहरूमा व्यापार बढाउँदै लगेकाे छ। आइपीओ निष्काशन गर्ने तयारीमा रहेकाे कम्पनीले चालू आर्थिक वर्ष २०२६ को पहिलो ९ महिनामा मात्र ६७ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।