काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘एमस्मार्ट’ मार्फत नेपाल भारत क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ। बैंकले यो सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, सहज तथा तत्काल रकम स्थानान्तरणको सुविधा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार उक्त सेवाले व्यक्ति–देखि–व्यक्ति (पीटुपी) रकम स्थानान्तरणलाई थप सहज बनाउँदै दुई छिमेकी मुलुकबीचको