१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न, २४ सयभन्दा बढी सहभागी

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) चलनबाट प्रेरित यस अन्तरक्रियात्मक क्याम्पेनमार्फत सयौं सहभागीलाई आकर्षित गरिएको थियो । यस क्याम्पेनमार्फत काठमाडौंका शहरी युवामाझ इनड्राइभको प्रमुख विशेषता, यात्रुले आफ्नै भाडा