काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्सको (क्युकेएस)ले आफ्नो पाँचौं वार्षिक एथलेटिक्स प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । राजधानीका विभिन्न विद्यालयका सयौं विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यक्रमलाई इम्बार्क अनम्याथले मुख्य प्रायोजकको रूपमा समर्थन गरेको थियो । यस वर्षको प्रतियोगिताको विशेष आकर्षण खेलकुदमा गणितको व्यावहारिक प्रयोग थियो । विद्यार्थीहरूले दौड र हामफाल गर्दै