बाँके । बाँके नरैनापुर गाउँपालिका वडा नं.५ स्थित क्वारेन्टाइनमा आज एक युवकको मृत्यु भएपछि गाउँपालिकाको ब्यवस्थापन र प्रभावकारी तयारी नभएको भन्दै तनाब उत्पन्न भएको छ । गतसाता बुधवार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा आज मृत्यु भएको थियो । त्यहाँ खटिएका स्वास्थ्यकर्मी अहेब दिनेश मौर्य, मटेहिया स्वास्थ्यचौकीका इन्चार्ज