७ श्रावण २०८३, बिहिबार

कर्पोरेट

संकटपछि पुनर्निर्माण : सरकार र निजी क्षेत्रको सहकार्यले अर्थतन्त्रलाई कस्तो दिशा दिने ?

काठमाडौं । अर्थतन्त्रको पुर्ननिर्माण, नवनिर्माण र पुनरोत्थानमा निजी क्षेत्रले सरकारसंग हरदम सहकार्य गर्ने जनाएको छ । नव नियुक्त अर्थमन्त्री रामेश्वर खनालसंग मंगलवार अर्थमन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त प्रतिवद्धता जनाएका हुन । हालैको आन्दोलनका क्रममा भएको क्षतिको आंकलन गरि पुर्ननिर्माणका लागि सरकारले कोष समेत खडा गरिसकेको छ ।