२१ भदौ २०८३, आइतबार

पूर्वाधार

दूधकोशी जलविद्युत आयोजनाका लागि लगानीकर्तासँग छलफल

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन सरकारले सम्भावित लगानीकर्तासँग छलफल थालेको छ । अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरू र आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास बैंक (एडीबी), युरोपेली लगानी बैंक (इआईबी),