७ कार्तिक २०८३, शनिबार

पूर्वाधार

३ वर्षको प्रतीक्षा, १७ करोडको लगानी : ‘ग्वार्को फ्लाइओभर’ आजदेखि सञ्चालनमा आउने

काठमाडौं । ललितपुरको ग्वार्को क्षेत्रमा निर्माण सम्पन्न भएको बहुप्रतीक्षित फ्लाइओभर आज शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ । लामो समयदेखि ट्राफिक जामको पर्याय बनेको ग्वार्को चोकमा अब सवारी सञ्चालन थप सहज र सुगम हुनेछ । सडक विभागका अनुसार शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम