काठमाडौं । नेपालको पहिलो आधुनिक सुरुङ्ग मार्गको ब्रेक थ्रु भएको छ । राष्ट्रिय गौरवको आयोजना नागढुंगा–नौबिसे सुरुङ मार्गको सोमबार ब्रेक थ्रु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको उपस्थितिमा २ हजार ६७७ मिटर लामो मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरिएको हो । उक्त आयोजनको ५३ महिनामापछि ब्रेक थ्रु गरिएको छ ।