२१ भदौ २०८३, आइतबार

पूर्वाधार

बन्यो विश्वकै लामो ‘मुक्तिनाथ केबलकार’को डिपीआर, ५५ अर्ब १८ करोड रुपैयाँ लगानी चाहिने

काठमाडौँ । विश्वकै सबै भन्दा लामा हुने भनिएको मुक्तिनाथ केवल परियोजनाको डिपीआर (डिटीयल प्रोजेक्ट रिपोर्ट) तयार भएको छ ।परियोजना विकासकर्ता मुक्तिनाथ दर्शन प्रालीले बुधवार लगानी बोर्डलाई डिपीआरको रिपोर्ट बुझाएको हो ।  बोर्डले  २०७६ जेठमा कम्पनीलाई आयोजनाको अध्ययन गर्न अनुमति दिएको थियो, त्यसको चार वर्षपछि कम्पनीले आयोजनाको डिपीआर दिएको हो ।