काठमाडौं । नेपाल राष्ट्र बैंकले अरुण-३ जलविद्युत आयोजनाको ठेकदार, परामर्शदाता र आपूर्तिकर्तालाई भारतीय रुपैयाँमा भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । अरुण–३ जलविद्युत आयोजनासँग सम्बन्धित भुक्तानीमा सजिलो होस भनेर राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरु र ख वर्गका विकास बैंकहरुलाई भारतिय रुपैयाँमा नै भुक्तानी गर्न निर्देशन दिएको हो