११ श्रावण २०८३, सोमबार

बीमा

आधा दर्जन जीवन बीमा कम्पनीले सार्वजनिक गरे नयाँ बोनसदर, कुनको कति ?

काठमाडौं । आधा दर्जन जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । संचालनमा रहेकामध्ये ८ वटा कम्पनीहरुले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सहति बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका हुन् ।