१२ श्रावण २०८३, मंगलबार

बीमा

रिलायन्स लाइफको मेरो सुनिश्चित प्रतिफल बीमा योजना सार्वजनिक, बोनसको झन्झट लिनै नपर्ने

काठमाडौं । रिलायन्स लाइफइन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको उक्त बीमा योजना आजदेखि प्रचलनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले जानकारी दिए । उक्त बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमा शुल्क भुक्तानी गर्न सक्नेछन ।