व्यक्तिगत भन्दा संस्थागत निक्षेपकर्तालाई यस अघि नै १ प्रतिशत कम ब्याज दिने विभेदकारी नीति लिइएको थियो । अहिले यस्तो अन्तरलाई झनै बढाएर २ प्रतिशत पुर्याइएको छ । जसले बीमा कम्पनीहरूको आम्दानी र नाफामा सिधै असर पर्ने भएको छ । अब बीमा कम्पनीहरूले खर्च गर्ने क्षमतामा पनि घट्ने भएको छ ।