काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ६ सय र चाँदी ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार र तेजावि सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।