१. नयाँ सरकारले १९ पृष्ठको छोटो प्रतिस्थापन विधेयकमार्फत् बजेटलाई हेरफेर गर्न खोजेको देखिन्छ । तर बजेटको आकारमा खासै परिवर्तन भएको छैन । केवल लाक्ष्यणिक रुपमा, ‘हामीले परिवर्तन गरेका छौं है’ भनेर देखाउनका लागि मात्रै परिवर्तन भएको छ । अलिकति पूँजीगत खर्च बढाउने, अलिकति चालू खर्च घटाउने, विदेशी ऋण थोरै घटाउनेजस्ता