काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्याग गरेकी छन् । नेकपा एमालेबाट राजनीतिमा सक्रिय हुने घाेषणापछि भण्डारीले आजैबाट लागु हुने गरी सो निर्णय गरेकी हुन् । सरकारले आफूलाई पूर्वराष्ट्रपतिका हैसियतमा दिएका सबै सेवासुविधा त्यागेको भनी भण्डारीले लेखेको निवेदन बुधबार नै गृह मन्त्रालयमा दर्ता भएको