अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

राष्ट्रिय योजना आयोगको सचिव भण्डारीको सरुवा, कामू सचिव बने दाहाल

काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीको सरुवा भएको छ । मन्त्रिपरिषद बैठकले भण्डारीको गत २४ गते सरुवा गर्ने निर्णय गरेको थियो । करिब ४० महिना आयोगको सचिवको रुपमा काम गरेर भण्डारी सोमबार बिदा भएका छन् । लामो समय आयोगमै बिताएका सचिव भण्डारी आगामी चैतमा सेवा निवृत्त हुँदैछन् ।