१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

काम गरेन भने ठेकेदारको खुट्टा भाँचिदिनू : पूर्वाधारमन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक विस्तारमा ढिलाइ गर्ने ठेकेदारको ’खुट्टा भाँच्ने’ विवादास्पद धम्की दिएका छन् । आइतबार पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडकखण्डको अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले यस्तो अराजक अभिव्यक्ति दिएका हुन् । धादिङको घाटबेसीमा पुगेका मन्त्रीले बिजुलीको पोल सार्ने जिम्मा पाएको सोहन कन्स्ट्रक्सनका ठेकेदारलाई लक्षित गर्दै