अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

नेप्से सिध्याउन ‘ग्राण्ड डिजाइन’मा काम भएको सांसद सिंहको आरोप, नियामकलाई लाइसेन्स बेच्ने अड्डा बन्नबाट रोक्नुपर्ने माग

काठमाडौं । सांसद अमरेशकुमार सिंहले मंगलबारको प्रतिनिधी सभा बैठकमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई सिध्याउने महायोजना (ग्राण्ड डिजाइन) बनेको भन्दै नेपाल धितोपत्र बोर्डको नयाँ कदममाथि प्रश्न उठाएका छन् । उनले अहिलेको अवस्थामा सरकारलाई सबैभन्दा उत्कृष्ठ लाभांश प्रदा गर्दै आएको एक सार्वजनिक संस्थानलाई धरासायी पार्ने गरी नियामक निकायले काम थालेको बताए ।