काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि नेपाल बैंकर्स संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्मार्ट टेलिकम प्रालिले धितो राखेर लिएको ऋण नतिरेपछि ऋणीको मञ्जुरीमा धितो लिलाम गरिएको घटनालाई लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई नियन्त्रणमा लिएको हो