काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई सरकारले धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई हतोत्साहित पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पारेका हुन्। कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले व्यवसायीहरू माझ फैलिएको त्रास चिर्ने प्रयास गरेका