२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

बढी खर्च गर्ने प्रदेश सरकारलाई धेरै बजेट दिने अर्थमन्त्री शर्माको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताउनुभएको छ । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएको हो ।