काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा देउवाले सत्ता साझेदार दलसँग मन्त्रीका लागि यथाशीघ्र नाम सिफारिस गर्न आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डाको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘ढिलोमा