काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको २ महिना पुग्न लाग्दा पनि सरकार गठन गर्न नसकेको आरोप खेपिरहेका प्रधानमन्त्री शेर बहादुरले कर्मचारीलाई काम गर्ने वातावरण नै नबनाएको आरोप पनि लागि रहेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका कर्मचारी हटाउनमा नै प्रधानमन्त्री देउवाको २ महिना कायर्काल सकिने भएको छ ।