काठमाडौं । साताको पहिलो दिन आइतबार आज सुनको मूल्य १ सयले बढेर तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।