काठमाडौं । सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवं अस्थायी बसोबासको प्रबन्धबारे जानकारी गराएको