काठमाडौं । आउँदै गरेको तिहार पर्वमा करिब ४० लाख थान सयपत्री र साढे ५ लाख थान मखमली माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा मात्रै ४० करोड रुपैयाँ बराबरको फूल कारोबार हुनेछ । शहरी क्षेत्रका उपभोक्ताले मुख्य रूपमा माला खरिद गर्ने बताइएको छ