११ श्रावण २०८३, सोमबार

समाचार

विज्ञापनको पर्चा टाँसेर फोहोर, एग्रो थाई फुडलाई १० हजार जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिकाले सार्वजनिक स्थानमा विज्ञापन टाँसेर फोहोर गरेको भन्दै एग्रो थाई फुड प्रा.लि.लाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । कम्पनीले उत्पादन गर्ने इनर्जी ड्रिङ्कको पर्चा सडक किनारका पोलहरूमा टाँसिएको भेटिएपछि आइतबार महानगरले कारबाही गरेको हो । महानगरको रसिदमा उल्लंघनलाई ‘अनाधिकृत विज्ञापन’ भन्दै जरिवाना गरिएको उल्लेख छ ।