काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा झरेको हो । सोमबार नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको थियो ।