काठमाडौं । सेयर बजारले ३ हजार बिन्दु पार गरेको छ । कारोबार खुलेको २५ मिनेटमा नै ६४.७१ प्रतिशतले बढेर नेप्से परिसूचक ३०२२.४७ बिन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म नेस्पे २.१८ प्रतिशतले बढेको हो । प्रि ओपन सेसनमा नै नेप्से सूचक २१.८४ अंकले बढेर २९७९.५९ विन्दुमा पुगेको थियो ।