काठमाडौं । साताको दोस्रो दिन नेप्से सूचक १.७४ अंकले बढेर १५७८.०१ विन्दुमा बन्द भएको छ । १८९ कम्पनीको १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर खरिदबिक्री भएका छन् । विकास बैंकसहित विभिन्न ५ वटा समूहको सेयर भाउ बढेको छ ।