काठमाडौं । नेपालको पुँजी बजारमा यस साता केही उतारचढावका बीच सकारात्मक उत्साह देखिएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी बढ्दै जाँदा लगानीकर्ताहरूमा नयाँ सरकार र आर्थिक नीतिको अपेक्षाले बजारलाई प्रभावित पारेको देखिन्छ । निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक अस्थिरताको भयभन्दा पनि नयाँ विकासका सम्भावनाहरूलाई बजारले स्वागत