प्राथमिक बजारमा कुनै कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गरेपछि लगानीकर्ता सबैभन्दा धेरै मर्कामा पर्ने गर्दथे । प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन लगानीकर्तालाई साह्रै झण्झट थियो । सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले बैंकमा गएर लाइन बस्नु पर्ने बाध्यताको विकल्पमा मेरोसेयर एपको विकास गर्यो । तर मेरोसेयरमा समस्या आउन थाल्यो ।