नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

सेयर बजार ५४ अंकले बढ्यो, कारोबार रकम १२ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजारमा रौनक कायमै छ । बुधवार पनि बजार ५४.०४ अंकले बढेको छ । साताको चौंथो कारोबार दिन बजार परिसूचक २ हजार ३६४ दशमलव ६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार पनि परिसूचक ७०.१८ अंकले २३१०.५९ बिन्दुमा पुगेको छ । कारोबारमा पनि उछाल आएको छ ।