काठमाडौं । युनिलिभर नेपालले यो वर्षका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनी संचालक समितिको असोज ९ गते बसेको बैठकले सेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ दरले नगद लाभांश दिने निर्णय गरेको हो ।