काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीको प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्व ३० करोड ५० लाखको २१.५ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो ।